प्रधानमन्त्रीको संसदीय सम्बोधनप्रति दामोदर अर्यालको असन्तुष्टि, ‘अब संसद्मा नबोल्नुस्’

12 घन्टा पहिले प्रकाशित

काठमाडौं, जेठ १८ गते ।नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)का केन्द्रीय प्रचार विभाग प्रमुख दामोदर अर्याल ले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को संसदीय सम्बोधनप्रति असन्तुष्टि व्यक्त गरेका छन्। यसअघि प्रधानमन्त्रीले संसद्मा उपस्थित भएर आफ्ना धारणा सार्वजनिक गर्नुपर्ने पक्षमा रहेका अर्यालले सोमबारको सम्बोधनपछि आफ्नो धारणा परिवर्तन भएको बताएका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै उनले प्रधानमन्त्रीको अभिव्यक्ति र प्रस्तुतिले आफूलाई निराश बनाएको उल्लेख गरेका छन्।

अर्यालले प्रधानमन्त्रीलाई लक्षित गर्दै अब संसद्मा नबोल्न आग्रहसमेत गरेका छन्। उनले लेखेका छन्, “म पहिला प्रधानमन्त्रीले संसद्मा आएर बोल्नुपर्छ भन्ने पक्षमा थिएँ, तर हिजो उहाँले संसद्मा आएर बोलेपछि मेरो धारणा परिवर्तन भएको छ।” उनले थप टिप्पणी गर्दै प्रधानमन्त्री जति बोल्दै जान्छन्, त्यति नै नेपाली जनताको शिर झुक्ने अवस्था सिर्जना हुने दाबी गरेका छन्। अर्यालको यो अभिव्यक्ति सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?