थाइल्यान्डबाट पक्राउ परिन् टिकटकर तुलसी अधिकारी, आज अदालतमा उपस्थित गराइने
54 मिनट पहिले प्रकाशित
काठमाडौं, जेठ १७ गते । सामाजिक सञ्जाल टिकटकमार्फत चर्चामा रहेकी तुलसी अधिकारीलाई नेपाल प्रहरीले थाइल्यान्डबाट पक्राउ गरी नेपाल ल्याएको छ। जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार अधिकारीलाई शनिबार राति काठमाडौं ल्याइएको हो। उनीविरुद्ध सम्पत्ति शुद्धीकरण, आपराधिक लाभ तथा ठगीसम्बन्धी मुद्दा दर्ता भइसकेको छ भने थुनछेक प्रयोजनका लागि अदालतमा उपस्थित गराउने तयारी गरिएको प्रहरीले जनाएको छ। अधिकारी फरार भएपछि अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलमार्फत रेड नोटिससमेत जारी गरिएको थियो।
प्रहरीका अनुसार २०८२ चैतमा अधिकारीविरुद्ध ६ करोड ५२ लाख २९ हजार रुपैयाँ बिगो कायम गर्दै मुद्दा दायर गरिएको थियो, जसमा उनीसहित १० जना प्रतिवादी छन्। तुल्सा कलेक्सन प्रालिकी सञ्चालक अधिकारीमाथि एक व्यवसायीलाई बलात्कार मुद्दामा फसाउने धम्की दिँदै ब्ल्याकमेल गरेको आरोप छ। पीडित व्यवसायीले अधिकारीले आफूबाट ४ करोड ५० लाख रुपैयाँ बराबरको नगद तथा जिन्सी सामान लिएको दाबी गरेका छन्। अब अदालतको आदेशपछि उनीमाथिको अनुसन्धान प्रक्रिया थप अघि बढाइने प्रहरीले जनाएको छ।
कमेन्ट गर्नुहोस्
view comments