३६औँ स्थापना दिवसमा राप्रपाद्वारा विशेष कार्यक्रम आयोजना

8 घन्टा पहिले प्रकाशित

काठमाडौं, जेठ १५ गते ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्नो ३६औँ स्थापना दिवसका अवसरमा काठमाडौँको चाबहिलस्थित केन्द्रीय कार्यालयमा विशेष कार्यक्रम आयोजना गरेको छ । स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा पार्टीको झन्डोत्तोलन गर्नुका साथै नेता तथा कार्यकर्ताबीच शुभकामना आदानप्रदान गरिएको थियो ।

कार्यक्रममा पार्टीका शीर्ष नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । सहभागीहरूले राप्रपाको राजनीतिक यात्रा, संगठन विस्तार तथा आगामी रणनीतिबारे चर्चा गर्दै पार्टीलाई थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?