रवि लामिछानेको भारत भ्रमण तय, मोदी–जयशंकरसँग भेटवार्ताको तयारी
13 घन्टा पहिले प्रकाशित
काठमाडौं, जेठ १० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने भएका छन् । भारतीय विदेश मन्त्रालयको निमन्त्रणामा हुने दुईदिने भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस. जयशंकर, विदेश सचिव विक्रम मिस्री तथा राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसहित उच्चस्तरीय नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको स्रोतले जनाएको छ । साथै उनले भारतीय जनता पार्टी (भाजपा)का पदाधिकारीहरूसँग पनि छलफल गर्ने बुझिएको छ ।

नेपाल–भारत सम्बन्ध पछिल्लो समय सीमा विवाद र कूटनीतिक तनावका कारण संवेदनशील बनेको अवस्थामा लामिछानेको भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ । लिपुलेकलगायत विषयमा विवाद चर्किएपछि भारतीय विदेश सचिव विक्रम मिस्रीको नेपाल भ्रमण स्थगित भएको थियो भने प्रधानमन्त्री बालेन्द्र शाह र परराष्ट्रमन्त्री शिशिर खनालका भारत भ्रमणसमेत अनिश्चित बनेका छन् । यस्तो परिस्थितिमा रास्वपा सभापति लामिछानेको भारत भ्रमणलाई दुई देशबीचको राजनीतिक तथा कूटनीतिक सम्बन्ध सुधारतर्फको संकेतका रूपमा विश्लेषण गरिएको छ ।
कमेन्ट गर्नुहोस्
view comments