मधेसका मुख्यमन्त्री कृष्ण यादवले आज विश्वासको मत लिँदै

2 दिन पहिले प्रकाशित

जनकपुरधाम, जेठ ८ गते ।  मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले आज प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् । त्यसका लागि दिउँसो १ बजे प्रदेश सभा बैठक आह्वान गरिएको छ । नेपाली कांग्रेस, नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेपछि मुख्यमन्त्री यादवले संविधानअनुसार विश्वासको मत लिन लागेका हुन् ।

जनता समाजवादी पार्टी नेपाल र जनमत पार्टीका मन्त्रीहरूले राजीनामा दिएपछि मुख्यमन्त्री यादवले मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए । पुनर्गठनसँगै नेकपा एमाले सरकारमा सहभागी भएको छ भने एमालेका तर्फबाट मोहम्मद समिम बिना विभागीय मन्त्रीमा नियुक्त भई शपथसमेत ग्रहण गरिसकेका छन् । हाल १०२ सदस्यीय मधेस प्रदेश सभामा बहुमतका लागि ५२ मत आवश्यक पर्नेमा नयाँ सत्ता समीकरणअनुसार कांग्रेसका २२, एमालेका २४ र नेकपा का १५ गरी सरकारसँग ६१ सांसदको समर्थन रहेको दाबी गरिएको छ । मुख्यमन्त्री यादवले विश्वासको मत प्राप्त गरेपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?