मौलापुर नगरपालिकामा गैरकानुनी हस्तक्षेप तत्काल बन्द गर्न माग गर्दै कडा चेतावनी

21 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, जेठ ५ गते ।  मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साहले नगरपालिकाको कामकारबाहीमा भइरहेको गैरकानुनी हस्तक्षेप तत्काल बन्द गर्न माग गर्दै कडा चेतावनी दिएकी छन्। उनले हस्तक्षेप नरोकिए नगरपालिका कार्यालयमा ताल्चा लगाउन बाध्य हुने बताएकी हुन्। आज जारी प्रेस वक्तव्यमा उनले संघीय सरकार र प्रशासनिक संयन्त्रलाई संविधान र कानुनअनुसार स्थानीय तह सञ्चालनमा सहयोग गर्न आग्रह गरेकी छन्।

मेयर साहले विद्युत्, खानेपानी तथा “छोरीसँग मेयर कार्यक्रम” अन्तर्गतका योजनाको भुक्तानी प्रक्रियामा देखिएको ढिलाइप्रति असन्तुष्टि जनाएकी छन्। उनले प्रमुख प्रशासकीय अधिकृतको अनुपस्थिती, बैंक खाता सञ्चालनमा अवरोध र प्रशासनिक असहयोगका कारण सेवा प्रवाह प्रभावित भएको आरोप लगाएकी छन्। साथै, निर्वाचित जनप्रतिनिधिका निर्णय कार्यान्वयनमा अवरोध हुँदा स्थानीय शासन कमजोर हुँदै गएको भन्दै तत्काल समस्या समाधान गर्न सम्बन्धित निकायलाई आग्रह गरेकी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?