कांग्रेसद्वारा सांसदहरूसँग संसदीय मामिलाबारे छलफल

20 घन्टा पहिले प्रकाशित

काठमाडौं, जेठ ३ गते । नेपाली कांग्रेसले आज आफ्ना सांसदहरूसँग संसदीय मामिलासम्बन्धी छलफल गरेको छ। कांग्रेस संसदीय मामिला सहजीकरण समितिको आयोजनामा भएको उक्त छलफलमा प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरूको सहभागिता रहेको थियो।

 

केन्द्रीय सदस्य राजेन्द्रकुमार केसीको संयोजकत्वमा रहेको उक्त समितिले सांसदहरूलाई संसदीय अभ्यास, भूमिका र समन्वयसम्बन्धी विषयमा छलफल गरेको हो। छलफल कार्यक्रममा केन्द्रीय सदस्य गोविन्दराज पोखरेलले प्रस्तुति दिएका थिए।

कांग्रेसले यसअघि पनि आफ्ना सांसदहरूलाई संसदीय कार्यसम्पादनबारे अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?