जनकपुरधाममा संस्थागत विद्यालय छात्रवृत्ति प्रवेश परीक्षाको अनुगमन

20 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, जेठ ३ गते ।  जनकपुरधाम।जनकपुरधाम उपमहानगरपालिका द्वारा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि प्रदान गरिने निःशुल्क छात्रवृत्ति प्रवेश परीक्षाको अनुगमन गरिएको छ । नगर प्रमुख मनोज कुमार साह सहित शिक्षा, युवा तथा खेलकुद विकास शाखाको टोलीले विभिन्न विद्यालयमा पुगेर परीक्षा व्यवस्थापन तथा सञ्चालन अवस्थाको निरीक्षण गरेको हो ।
उपमहानगरपालिकाले कक्षा १ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरूका लागि “संस्थागत विद्यालय छात्रवृत्ति वितरण कार्यविधि–२०८१” अनुसार छात्रवृत्ति प्रक्रिया अघि बढाइएको जनाएको छ । नगर प्रमुख साहका अनुसार विद्यार्थीहरूले निष्पक्ष र व्यवस्थित रूपमा परीक्षा दिन सकून् भन्ने उद्देश्यले अनुगमन गरिएको हो ।


आइतबार बिहान ८ बजेदेखि सम्बन्धित विद्यालयमै सञ्चालन गरिएको प्रवेश परीक्षामा सहभागी विद्यार्थीहरूको उपस्थिती तथा परीक्षा व्यवस्थापनको अवस्थाबारे अनुगमन गरिएको शिक्षा समितिका सदस्य तथा एन–प्याब्सन जनकपुर का नगर अध्यक्ष दिपक ठाकुर ले जानकारी दिनुभयो ।
उपमहानगरपालिकाका अनुसार छात्रवृत्ति प्रवेश परीक्षाको नतिजा आगामी जेठ ७ गते प्रकाशन गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?