मधेशका युवालाई सीप, नेतृत्व र अवसरसँग जोड्ने “रंग प्रोजेक्ट” शुभारम्भ
9 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, जेठ १ गते । मधेश प्रदेशका युवाहरूलाई सीप, नेतृत्व, रोजगारी र सामाजिक सहभागितासँग जोड्ने उद्देश्यले “RANGA Project” को औपचारिक शुभारम्भ जनकपुरधाममा सम्पन्न भएको छ।
Debate Network Nepal (DNN) को नेतृत्वमा सञ्चालन हुने उक्त परियोजनाको उद्घाटन जनकपुरधामस्थित होटल वेलकम, शिव चोकमा गरिएको हो। युरोपियन कमिसनको सहयोगमा सञ्चालन हुने यस राष्ट्रियस्तरको कार्यक्रममा Mandala Theatre Nepal आवेदक संस्था तथा Campaign for Change (CfC) र DNN सहकार्य संस्थाका रूपमा रहेका छन्।
“Inception Meeting and Needs, Risks and Opportunities Assessment” शीर्षकमा आयोजित कार्यक्रममा सरकारी निकाय, स्थानीय तह, गैरसरकारी संस्था, शैक्षिक संस्था, युवा सञ्जाल तथा विभिन्न सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
परियोजनाअन्तर्गत विद्यालय तथा समुदायस्तरमा डिबेट र ड्रामा क्लब गठन, नेतृत्व विकास तथा सार्वजनिक वक्तृत्व तालिम, बहस प्रतियोगिता, नाटक प्रस्तुति तथा सामाजिक समावेशीता, सुशासन, लैङ्गिक समानता र अधिकारसम्बन्धी संवाद कार्यक्रम सञ्चालन गरिने जानकारी दिइएको छ।
विशेषगरी महिला, दलित, आदिवासी–जनजाति, अपाङ्गता भएका युवा तथा LGBTQI समुदायका युवाहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्दै कार्यक्रम मधेश प्रदेशभर सञ्चालन गरिने आयोजकले जनाएको छ।
कार्यक्रममा रंगा परियोजनाकी प्रदेश संयोजक सीमा कुमारी शाह, राष्ट्रिय संयोजक दीक्षा नकर्मी तथा डिबेट नेटवर्क नेपालका प्रबन्ध निर्देशक पियुष पन्तलगायतको उपस्थिति रहेको थियो।
कमेन्ट गर्नुहोस्
view comments