अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले सशस्त्र प्रहरी निरीक्षकविरुद्ध घुस मुद्दा दायर
4 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, बैशाख ३० गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस धनुषामा कार्यरत सशस्त्र प्रहरी निरीक्षक वकिल अधिकारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेको छ। कमला–ढल्केबर–बागमती सडक निर्माण खण्डमा माटो तथा ग्राभेल फिलिङ कार्यमा प्रयोग हुने सवारीसाधन रोक्ने र फिल्डमा माटो झार्न नदिने भन्दै सेवाग्राहीसँग ४० हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको आयोगले जनाएको छ। आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार आरोपी अधिकारीविरुद्ध बिगोबमोजिम कारबाहीको माग गरिएको छ।

यस्तै, नेपाल सरकार प्रतिवादी रहेको चन्द्रबहादुर अधिकारीसमेतको घुस मुद्दामा सरकारी साक्षीका रूपमा बयान दिँदा प्रतिकूल हुनेगरी अभिव्यक्ति दिएको आरोपमा सुमित्राकुमारी पुडासैनीविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरिएको छ। आयोगले पुडासैनीविरुद्ध ५० लाख रुपैयाँ बराबरको बिगो दाबी गर्दै कानुनी कारबाही अघि बढाइएको जनाएको छ।
कमेन्ट गर्नुहोस्
view comments