निश्कल राई ले सदनमा खोजे प्रधानमन्त्री, उपस्थितिका लागि रुलिङ गर्न माग

3 घन्टा पहिले प्रकाशित

काठमाडौं, बैशाख ३० गते । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सचेतक निश्कल राई ले प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको अनुपस्थितिप्रति असन्तुष्टि जनाएका छन्। मंगलबार बसेको बैठकमा बोल्दै उनले प्रधानमन्त्री बालेन्द्र शाह संसद्‌मा उपस्थित नभएको भन्दै सभामुखसँग रुलिङ गर्न आग्रह गरेका हुन्। “प्रधानमन्त्री आज पनि संसद्‌मा उपस्थित हुनुभएन, उहाँ संसद्‌भन्दा माथि हो ? यसरी सभाको गरिमा बढ्दैन,” भन्दै उनले प्रधानमन्त्रीको नियमित उपस्थितिको सुनिश्चितता गर्न सभामुखलाई आग्रह गरे।

सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिने कार्यसूची रहे पनि प्रधानमन्त्री शाह सदनमा उपस्थित नभएपछि कार्यसूची संशोधन गरिएको थियो। अब प्रधानमन्त्रीको सट्टा स्वर्णिम वाग्ले ले सांसदहरूको प्रश्नको जवाफ दिने तय गरिएको छ। प्रधानमन्त्रीले आह्वान गरेको मन्त्रिपरिषद् बैठक र संसद् बैठकको समय एकै परेकाले उनी अनुपस्थित भएको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?