सिरुवा मेलामा अभद्र व्यवहार गरेको आरोपमा एक पक्राउ

1 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, बैशाख २९ गते । सप्तरीको शम्भूनाथ नगरपालिका–३ स्थित शम्भूनाथ सिरुवा रमाइलो मेलामा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा शम्भूनाथ नगरपालिका–२ निवासी ३२ वर्षीय अनिल साह रहेका छन्। जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीका अनुसार वैशाख २६ गते राति मादक पदार्थ सेवन गरेका साहले मेलामा आएका व्यक्तिहरूसँग अश्लील शब्द प्रयोग गर्दै धकेलाधकेल गरेका थिए।

प्रहरीका अनुसार स्थिति नियन्त्रणमा लिन पुगेका सुरक्षाकर्मीमाथि समेत उनले गालीगलौज र हातपात गरेको आरोप छ। त्यसपछि उनलाई नियन्त्रणमा लिई अभद्र व्यवहार मुद्दामा पक्राउ गरिएको हो। जिल्ला प्रशासन कार्यालय सप्तरीबाट पाँच दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?