मधेस सरकारलाई निरन्तरता दिने सत्ता साझेदार दलहरूको निर्णय

56 मिनट पहिले प्रकाशित

जनकपुरधाम, बैशाख २८ गते । मधेस प्रदेश सरकारमा सहभागी सत्ता साझेदार दलहरूले मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकारलाई निरन्तरता दिने निर्णय गरेका छन्। आइतबार बसेको सत्ता गठबन्धनको बैठकले वर्तमान सरकारप्रति समर्थन कायम राख्दै विश्वासको मत दिने सहमति गरेको हो। यससँगै प्रदेश सरकार तत्काल परिवर्तन नहुने संकेत देखिएको छ।

निर्णयपत्रमा नेपाली कांग्रेसका दलका नेता तथा मुख्यमन्त्री कृष्णप्रसाद यादव, जसपा नेपालका संसदीय दलका नेता सरोजकुमार यादव, नेकपाका संसदीय दलका नेता युवराज भट्टराई र लोसपाका संसदीय दलका नेता जयनुल राइनले हस्ताक्षर गरेका छन्। सत्ता साझेदार दलहरूको संयुक्त निर्णयपछि मधेस प्रदेशको राजनीतिक अवस्था केही स्थिर हुने अपेक्षा गरिएको छ भने विपक्षी दलहरूको आगामी रणनीति र विश्वासको मत प्रक्रियाले प्रदेशको राजनीति थप स्पष्ट बनाउने अनुमान गरिएको छ।

 
 
 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?