सुनको मूल्य घट्यो, चाँदीमा सामान्य वृद्धि
6 घन्टा पहिले प्रकाशित
काठमाडौं, बैशाख २८ गते । नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा आज सुन प्रतितोला ४०० रुपैयाँले घटेर दुई लाख ९८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार भने सुन प्रतितोला दुई लाख ९८ हजार ९०० रुपैयाँमा किनबेच भएको थियो।

यता, चाँदीको मूल्यमा भने वृद्धि देखिएको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला पाँच हजार ३४० रुपैयाँमा कारोबार भइरहेको छ, जुन आइतबारको मूल्यभन्दा ४० रुपैयाँ बढी हो। आइतबार चाँदी प्रतितोला पाँच हजार ३०० रुपैयाँमा किनबेच भएको थियो।
कमेन्ट गर्नुहोस्
view comments