नीति तथा कार्यक्रम पारित गर्न प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान
6 घन्टा पहिले प्रकाशित
काठमाडौं, बैशाख २८ गते । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गर्ने तयारीस्वरूप मन्त्रिपरिषद् बैठक बोलाएका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्ने बैठकमा सरकारका नीतिगत निर्णय, संसद्मा प्रस्तुत गरिने कार्यक्रम तथा विभिन्न अध्यादेशबारे छलफल हुने जनाइएको छ। आजै सुरु हुने सङ्घीय संसद्को बजेट अधिवेशनलाई लक्षित गर्दै बैठकलाई विशेष महत्वका साथ हेरिएको छ।

संघीय संसद्का प्रवक्ता एकराम गिरीका अनुसार अधिवेशनको पहिलो दिन राष्ट्रपति रामचन्द्र पौडेलले दिउँसो ४ बजे दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ। त्यसपछि नीति तथा कार्यक्रममाथि संसद्मा छलफल गरिने तथा निर्णयार्थ पेश गरिनेछ। नीति तथा कार्यक्रम पारित भएपछि आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रियाअन्तर्गत प्रि–बजेट छलफल सुरु हुने बताइएको छ।
कमेन्ट गर्नुहोस्
view comments