एसईई नतिजा सार्वजनिकको तयारी, बोर्डले दियो नतिजा हेर्ने जानकारी
50 मिनट पहिले प्रकाशित
काठमाडौं, बैशाख २७ गते । राष्ट्रिय परीक्षा बोर्ड ले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा सार्वजनिक गर्ने तयारी थालेको छ। बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालयले आइतबार सूचना जारी गर्दै विद्यार्थीहरूले नतिजा हेर्न सक्ने विभिन्न माध्यमबारे जानकारी दिएको हो। कार्यालयका अनुसार विद्यार्थीहरूले एसएमएस, आईभीआर सेवा तथा विभिन्न वेबसाइटमार्फत सहज रूपमा नतिजा प्राप्त गर्न सक्नेछन्।

सूचनाअनुसार नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा तीन वटा एसएमएस तथा आईभीआर सेवामार्फत उपलब्ध हुनेछ भने १४ वटा वेबसाइटमा समेत नतिजा प्रकाशन गरिनेछ। परीक्षा नियन्त्रण कार्यालयले नतिजा सार्वजनिक हुने मिति भने औपचारिक रूपमा घोषणा गरेको छैन। बोर्डले विद्यार्थी तथा अभिभावकलाई आधिकारिक माध्यमबाट मात्रै नतिजा हेर्न आग्रह गरेको छ।
।

कमेन्ट गर्नुहोस्
view comments