नेपाली कांग्रेसले सातै प्रदेशमा प्रदेशस्तरीय भेला गर्ने

4 घन्टा पहिले प्रकाशित

काठमाडौं, बैशाख २४ गते । नेपाली कांग्रेस ले देशका सातै प्रदेशमा प्रदेशस्तरीय भेला आयोजना गर्ने भएको छ। पार्टीले प्रदेश तथा स्थानीय तह केन्द्रित संगठन सुदृढीकरण र प्रशिक्षणलाई लक्षित गर्दै भेलाको तालिका सार्वजनिक गरेको हो।

पार्टीका अनुसार सुदूरपश्चिम प्रदेशको भेला वैशाख २६ र २७ गते धनगढीमा आयोजना हुनेछ। त्यसपछि कर्णाली प्रदेशको भेला वैशाख २८ र २९ गते सुर्खेतको लेकवेसीमा हुनेछ।

त्यसैगरी गण्डकी प्रदेशको भेला वैशाख ३१ र जेठ १ गते पोखरा मा आयोजना गरिने तय भएको छ भने बागमती प्रदेशको भेला जेठ ४ र ५ गते धुलिखेलमा हुनेछ।

मधेस प्रदेशको भेला जेठ ६ र ७ गते महोत्तरीको बर्दिवासमा आयोजना हुने कांग्रेसले जनाएको छ। यस्तै, कोशी प्रदेशको भेला जेठ ८ र ९ गते सुनसरीको लौकीमा हुने तय गरिएको छ।

लुम्बिनी प्रदेशको भेला भने जेठ १४ र १५ गते तिलोत्तमामा आयोजना गरिने कार्यक्रम रहेको छ।

पार्टी उपसभापति विश्वप्रकाश शर्मा को संयोजकत्वमा रहेको कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको पहिलो बैठकका अवसरमा बुधबार उक्त निर्णय गरिएको कांग्रेसले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?