एम्बुलेन्समा गाँजा तस्करी, १४८ किलोसहित दुई भारतीय पक्राउ

3 दिन पहिले प्रकाशित

जनकपुरधाम, बैशाख २३ गते ।  सुनसरीको बराहक्षेत्र क्षेत्रमा भारतीय नम्बर प्लेटको एम्बुलेन्स प्रयोग गरी भइरहेको गाँजा तस्करी प्रयासलाई प्रहरीले विफल बनाएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार बराहक्षेत्र नगरपालिका–२ पुल्ठेगौडाबाट ठूलो परिमाणको गाँजासहित दुई भारतीय नागरिक र तस्करीमा प्रयोग गरिएको एम्बुलेन्स नियन्त्रणमा लिइएको हो। इलाका प्रहरी कार्यालय चतराबाट खटिएको गस्ती टोलीले शंकास्पद गतिविधि देखिएपछि एम्बुलेन्सलाई पछ्याउँदै नियन्त्रणमा लिएको जनाएको छ।

प्रहरीका अनुसार बीआर ०७ पीसी ४७६५ नम्बरको एम्बुलेन्सबाट १४८ किलोग्राम गाँजा बरामद गरिएको छ। सो क्रममा भारत, बिहार राज्यका धर्मेन्द्र कुमार यादव र मोहम्मद सदाम पक्राउ परेका छन्। उनीहरूलाई बरामद गाँजा र एम्बुलेन्ससहित नियन्त्रणमा राखी लागूऔषधसम्बन्धी कानुनअनुसार थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?