सांसदको भूमिका प्रभावकारी बनाउन कांग्रेसको अभिमुखीकरण कार्यक्रम

1 दिन पहिले प्रकाशित

काठमाडौं, बैशाख २३ गते ।  नेपाली कांग्रेसले आफ्ना सांसदहरूलाई संसद्मा प्रभावकारी रूपमा जिम्मेवारी निर्वाह गर्न अभिमुखीकरण दिने भएको छ। पार्टी सभापति गगन कुमार थापा ले सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने बैठकमार्फत सांसदहरूलाई आवश्यक निर्देशन तथा मार्गदर्शन दिने कार्यक्रम तय गरिएको हो। उक्त बैठकको आयोजना संसदीय दलका नेता भीष्मराज आङ्देम्बे ले गरेका छन्।

यसअघि पनि कांग्रेसले आफ्ना निर्वाचित प्रतिनिधिसभा सदस्यहरूलाई अभिमुखीकरण प्रदान गरिसकेको थियो। यसपटकको बैठकमा समसामयिक राजनीतिक अवस्था, संसद् अधिवेशन स्थगन गरेर अध्यादेश ल्याइएको विषय तथा सुकुम्बासी व्यवस्थापनसँग सम्बन्धित मुद्दाहरूमा समेत छलफल हुने बताइएको छ। पार्टीले सांसदहरूको क्षमता अभिवृद्धि गर्दै संसदीय गतिविधिलाई अझ प्रभावकारी बनाउने लक्ष्य लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?