८ वर्ष कैद सजाय पाएका फरार अभियुक्त वीरगञ्जबाट पक्राउ

2 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, बैशाख २२ गते ।  जबर्जस्ती करणी तथा कर्तव्य ज्यान मुद्दामा सजाय पाएका एक फरार अभियुक्तलाई प्रहरीले वीरगञ्जबाट पक्राउ गरेको छ। प्रहरीका अनुसार सुर्खेतको गुर्भाकोट नगरपालिका–२ का २२ वर्षीय बेगम विकलाई मंगलबार बिहान वीरगञ्ज महानगरपालिका–४ स्थित बिर्ता चोकबाट नियन्त्रणमा लिइएको हो। विशेष सूचनाका आधारमा खटिएको टोलीले उनलाई शंकास्पद अवस्थामा हिँडिरहेको बेला पक्राउ गरेको जनाएको छ।

विक यसअघि वीरगञ्जस्थित बाल सुधार गृहबाट फरार भएका थिए, जहाँ उनी सजाय भुक्तान गरिरहेका थिए। अदालतले उनलाई ८ वर्ष कैद र ४ लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो। पर्सा प्रहरीका अनुसार लामो समयदेखि खोजीमा रहेका उनलाई पुनः नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया पूरा गरी बाल सुधार गृहमै पठाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?