धनुषामा १२५ विद्यार्थीलाई छात्रवृत्ति र शैक्षिक सामग्री वितरण

6 घन्टा पहिले प्रकाशित

धनुषाको सोनगामा–९ (टिल्ही) स्थित श्री दलित राष्ट्रिय प्राथमिक विद्यालयमा आयोजित एक कार्यक्रममा कक्षा ४ सम्म अध्ययनरत करिब १२५ जना विद्यार्थीलाई छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण गरिएको छ। विद्यालयका संस्थापक तथा समाजसेवी गंगाराम आनन्द यादव को प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा कापी, पेन्सिल (लिड) र खाजालगायत सामग्री वितरण गरिएको हो। कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रभु महरा, अभिभावक तथा स्थानीय समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममार्फत विद्यालयमा विद्यार्थी संख्या बढ्दै गए पनि आवश्यक भौतिक पूर्वाधारको अभाव रहेको तथ्यसमेत उजागर गरिएको छ। पर्याप्त कक्षाकोठा र बाउन्ड्री वालको कमीका कारण पठनपाठनमा समस्या भइरहेको विद्यालय प्रशासनले जनाएको छ। यद्यपि स्थानीय तह र प्रदेशबाट केही सहयोग प्राप्त भइरहेको उल्लेख गर्दै दीर्घकालीन सुधारका लागि थप सहयोग आवश्यक रहेको विद्यालयका प्रध्यानाध्यपक उपेन्द्र यादवले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?