बैंकिङ कसुरमा सजाय तोकिएर फरार रहेका राजेश गुप्ता वीरगन्जबाट पक्राउ
5 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, बैशाख १८ गते । बैंकिङ कसुर मुद्दामा पर्सा जिल्ला अदालतले १२ दिन कैद र ११ लाख रुपैयाँ जरिवानाको सजाय तोकेपछि फरार रहेका ४७ वर्षीय राजेश कुमार गुप्तालाई प्रहरीले वीरगन्जबाट पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार बिहीबार दिउँसो करिब ३ बजे वीरगन्ज महानगरपालिका–८ क्षेत्रमा लुकिछिपी बस्दै आएका गुप्तालाई नियन्त्रणमा लिइएको हो।
सबैठवा–९ निवासी गुप्ता हाल वीरगन्ज–५ मा बस्दै आएका थिए। पर्सा प्रहरी प्रवक्ता डीएसपी राजु कार्कीका अनुसार अदालतको आदेशअनुसार सजाय कार्यान्वयनको प्रक्रिया अघि बढाइएको छ।
कमेन्ट गर्नुहोस्
view comments