ज्ञानको उज्यालोले अँध्यारो बिलाउँछ — बुद्ध जयन्तीमा प्रधानमन्त्री बालेनको सन्देश
5 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, बैशाख १८ गते । प्रधानमन्त्री बालेन्द्र शाहले बुद्ध जयन्तीको पावन अवसरमा सामाजिक सञ्जालमार्फत देशवासीलाई हार्दिक शुभकामना दिएका छन्। शुक्रबार बिहान प्रकाशित आफ्नो सन्देशमा उनले बुद्धका वचनहरू उद्धृत गर्दै भनेका छन् — दुःख छ, दुःखको कारण छ, दुःखको निवारण छ र दुःख निवारण गर्ने मार्ग पनि छ। उनले बुद्धले देखाएको बाटो नै दुःख निवारणको साँचो मार्ग भएको बताउँदै उज्यालोको किरणले पाइला टेक्नेबित्तिकै अँध्यारो स्वतः बिलाएर जाने उल्लेख गरे।
प्रधानमन्त्री बालेनले साँचो क्रान्ति 'क' बाट नभई 'ज्ञ' अर्थात् ज्ञानबाट शुरू हुने जोड दिँदै नेपाल भूमि सदैव अहिंसा र शान्तिको पक्षमा रहेको स्मरण गराए। शान्तिका सर्वकालीन महान् प्रवर्तक बुद्धको जन्मजयन्तीको अवसरमा विश्वशान्तिको कामना गर्दै उनले 'अप्प दीपो भवः' — आफ्नै ज्ञानको दीपक आफैँ बन्नू — भन्ने बुद्धको सन्देशसहित सम्पूर्ण नेपालीलाई प्रज्ञामय शुभकामना दिएका छन्।
कमेन्ट गर्नुहोस्
view comments