अमेरिकी विशेष दूत सर्जियो गोर आज काठमाडौं आउँदै

2 घन्टा पहिले प्रकाशित

काठमाडौं, बैशाख १७ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोर आज काठमाडौं आउँदैछन्। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार मध्य तथा दक्षिण एसियाली मामिला हेर्ने विशेष दूत गोर आज साँझ नेपाल आइपुग्नेछन्। बालेन्द्र शाह नेतृत्वमा सरकार गठन भएयता नेपाल भ्रमणमा आउने उनी सबैभन्दा उच्च तहका कूटनीतिज्ञ मानिएका छन्। गोर हाल भारतका लागि अमेरिकी राजदूतका रूपमा पनि कार्यरत छन्।

नेपाल भ्रमणका क्रममा गोरले व्यवसाय, लगानी र द्विपक्षीय सम्बन्ध विस्तारका विषयमा केन्द्रित भेटघाट गर्ने कार्यक्रम रहेको बताइएको छ। उनले स्वर्णिम वाग्लेशिशिर खनालसँग भेट्ने तय भइसकेको छ, तर प्रधानमन्त्री बालेन शाहसँग भेट हुने–नहुनेबारे अझै स्पष्ट छैन। साथै, उनको सगरमाथा आधार शिविर भ्रमणको कार्यक्रम पनि रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?