सर्लाही जाँदै गगन थापा, चुनावपछि पहिलो औपचारिक भ्रमण
2 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, बैशाख १६ गते । गगन थापा प्रतिनिधिसभा निर्वाचनमा पराजयपछि पहिलोपटक आज सर्लाही जाँदै छन्। चुनावी परिणामपछि जिल्लामा उनको यो पहिलो औपचारिक भ्रमण हो, जसलाई राजनीतिक रूपमा महत्वपूर्ण रूपमा हेरिएको छ।
गत फागुन २१ गते सम्पन्न निर्वाचनमा सर्लाही–४ बाट उम्मेदवार बनेका थापा अमरेश सिंहसँग पराजित भएका थिए। चुनावपछि जिल्लामा नपुगेका थापा आज मतदातालाई धन्यवाद दिन र पार्टीको ‘जरा अभियान’मा सहभागी हुन सर्लाही जान लागेका हुन्। पार्टीको आन्तरिक विवाद अदालतमा विचाराधीन रहेकाले तत्काल भ्रमण हुन नसकेको बताइए पनि अहिले संगठन सुदृढीकरण र कार्यकर्तासँग पुनः जोडिने उद्देश्यले भ्रमण तय गरिएको जनाइएको छ।
कमेन्ट गर्नुहोस्
view comments