वीरगञ्ज नाकाबाट विद्युतीय सवारी आयात दोब्बर, ९ महिनामा २ अर्ब ९८ करोड

2 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, बैशाख १५ गते । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको नौ महिनामा २ अर्ब ९८ करोड रुपैयाँ बराबरका विद्युतीय सवारीसाधन आयात भएका छन्। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो आयात १०२ प्रतिशतले अर्थात् करिब १ अर्ब ५० करोड रुपैयाँले बढेको हो। वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार विद्युतीय सवारीको आयातमा उल्लेख्य वृद्धि देखिएको छ, जबकि गत वर्षको सोही अवधिमा १ अर्ब ४८ करोड रुपैयाँ बराबरको आयात भएको थियो।

विवरणअनुसार चालु आवमा १ अर्ब ४६ करोड रुपैयाँको ४९३ वटा विद्युतीय जिप, कार र भ्यान आयात भएका छन्, जुन अघिल्लो वर्षको ४८ करोड रुपैयाँका १७२ सवारीभन्दा धेरै हो। त्यस्तै ९६ करोड रुपैयाँ बराबरका ७ हजार ३९८ विद्युतीय मोटरसाइकल र ५३ करोड रुपैयाँका ४ हजार ६०६ वटा विद्युतीय तीनपाङ्ग्रे सवारीसाधन आयात भएका छन्। अघिल्लो वर्षको सोही अवधिमा क्रमशः ५५ करोड रुपैयाँका ४ हजार २२७ मोटरसाइकल र ४५ करोड रुपैयाँका ३ हजार ६१३ तीनपाङ्ग्रे सवारी आयात भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?