काव्या हस्पिटलको ८औं वार्षिकोत्सव: रक्तदान र निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
1 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, १३ वैशाख २०८३ । जनकपुरधाम–९ स्थित काव्या हस्पिटल प्रा.लि. ले आफ्नो ८औं वार्षिकोत्सवको अवसरमा बृहत् रक्तदान तथा निःशुल्क थाइराइड जाँच शिविर आयोजना गरेको छ। "रक्तदान, जीवनदान" भन्ने मूल नाराका साथ अस्पताल परिसरमा आयोजित उक्त कार्यक्रममा चिकित्सक, स्वास्थ्यकर्मी र स्थानीय युवाहरूको उल्लेख्य सहभागिता रहेको थियो।
रक्तदान कार्यक्रम: वार्षिकोत्सवको दोस्रो दिन अर्थात् वैशाख १३ गते सोमबार बिहानैदेखि रक्तदान कार्यक्रम सञ्चालन गरिएको थियो। नेपाल रेडक्रस सोसाइटी, धनुषाको प्राविधिक सहयोगमा संकलित रगतले जिल्लामा भइरहेको रगतको अभावलाई केही हदसम्म कम गर्न मद्दत पुग्ने विश्वास अस्पतालले लिएको छ।
निःशुल्क थाइराइड शिविर: यसअघि वैशाख १२ गते आयोजित शिविरमा विशेषज्ञ चिकित्सकहरूद्वारा थाइराइड सम्बन्धी निःशुल्क परीक्षण, परामर्श तथा आवश्यक औषधिहरू समेत वितरण गरिएको थियो।
अस्पतालका सञ्चालक डा. एस.के. सिंहले वार्षिकोत्सवलाई केवल उत्सवमा मात्र सीमित नराखी सामाजिक उत्तरदायित्व बहन गर्दै सेवामूलक कार्यहरू गरिएको बताउनुभयो। उहाँका अनुसार, आगामी दिनमा पनि यस्ता स्वास्थ्य सचेतना र शिविरहरूलाई निरन्तरता दिइनेछ।
काव्या हस्पिटलले जनकपुर क्षेत्रमा न्यूरो सर्जरी, ल्याप्रोस्कोपिक सर्जरी, र अत्याधुनिक आईसीयू सेवा प्रदान गर्दै आइरहेको छ।
कमेन्ट गर्नुहोस्
view comments