मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक

2 घन्टा पहिले प्रकाशित

काठमाडौं, बैशाख १० गते ।  सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न तीन महत्वपूर्ण निर्णय गरेको छ। बैठकले एकीकृत खानेपानी आपूर्ति तथा ढल व्यवस्थापन परियोजनाका लागि एसियाली विकास बैंकबाट प्राप्त हुने ११५ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता सम्बन्धी वित्तीय सम्झौता अन्तिम रूप दिन अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको छ।

यस्तै, २०७५ भदौ १ को निर्णयबमोजिम राष्ट्रपतिको कार्यालयको नाममा हस्तान्तरण गरिएको महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा पुनः सोही प्रतिष्ठानलाई प्रयोग गर्न दिने निर्णय गरिएको छ। साथै, सरकारी निकायमा प्रयोग भइरहेका सफ्टवेयर तथा सूचना प्रविधि प्रणालीबारे अध्ययन गर्न कार्यदल गठन गरिएको छ। बैठकमा अतिक्रमित सुकुमबासी बस्ती खाली गर्ने विषयमा भने कुनै छलफल नभएको जानकारी सरकारका प्रवक्ता सस्मित पोखरेलले दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?