वीरगन्ज नाकाबाट नौ महिनामा छ खर्बभन्दा बढी आयात
2 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, बैशाख ९ गते । चालु आर्थिक वर्षको नौ महिनामा वीरगन्ज नाका हुँदै छ खर्ब ९४ अर्ब पाँच करोड रुपैयाँबराबरका वस्तु तथा सामान आयात भएका छन्। वीरगन्ज भन्सार कार्यालयका अनुसार गत आवको नौ महिनाको तुलनामा यस वर्ष ८० अर्ब ४४ करोड रुपैयाँ अर्थात् १३ प्रतिशत बढी आयात भएको हो। गत आवको सोही अवधिमा छ खर्ब १३ अर्ब ६१ करोड रुपैयाँको आयात भएको थियो।
भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार चालु आवमा पेट्रोलियम पदार्थ, फलाम तथा फलामजन्य सामान, भटमासको कच्चा तेल, मेसिनरी तथा पार्टपुर्जा, इलेक्ट्रिक उपकरणलगायतका वस्तु आयातमा उल्लेख्य वृद्धि भएको छ। नौ महिनामा मात्र एक खर्ब ४८ अर्ब १६ करोड रुपैयाँको पेट्रोलियम पदार्थ, ६२ अर्ब २६ करोड रुपैयाँको फलामजन्य सामान, ५० अर्ब ४० करोड रुपैयाँको भटमासको कच्चा तेल, ४९ अर्ब १३ करोड रुपैयाँको मेसिनरी तथा पार्टपुर्जा र ३४ अर्ब १९ करोड रुपैयाँको इलेक्ट्रिक उपकरण आयात भएको छ। यस अवधिमा वीरगन्ज भन्सारले एक खर्ब ७७ अर्ब ६६ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको पनि जानकारी दिएको छ।
कमेन्ट गर्नुहोस्
view comments