सीमा भन्सार कडाइप्रति मधेस सरकारको आपत्ति, नागरिकमैत्री नीति माग

3 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, बैशाख ८ गते ।  भारतबाट हुने सामान आयातमा लागू गरिएको भन्सारसम्बन्धी कडाइका कारण सीमा क्षेत्रका नागरिकको दैनिकी प्रभावित भएको भन्दै मधेस प्रदेशका अर्थमन्त्री महेशप्रसाद यादवले सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । उनले यस्तो व्यवस्थाले दैनिक उपभोग्य वस्तुको ओसारपसारमा कठिनाइ सिर्जना गर्नुका साथै नेपाल–भारतबीचको परम्परागत ‘बेटी–रोटी’ सम्बन्धमा समेत असर पर्न थालेको उल्लेख गर्दै यथार्थपरक अध्ययन गरी व्यवहारिक र सन्तुलित नीति अवलम्बन गर्न आग्रह गरेका छन् ।

त्यस्तै, बजार व्यवस्थापनका नाममा वैकल्पिक व्यवस्था बिना सडक तथा फुटपाथ हटाउँदा साना व्यवसायीको रोजीरोटीमा प्रत्यक्ष असर परेको भन्दै उनले पुनःस्थापनाको स्पष्ट योजना ल्याउनुपर्ने माग गरेका छन् । अर्थमन्त्री यादवले सीमा क्षेत्रका नागरिकको संवेदनशीलतालाई ध्यानमा राख्दै दीर्घकालीन समाधानका लागि संघीय सरकार र सम्बन्धित निकायबीच समन्वय र संवाद आवश्यक रहेको बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?