सर्लाहीमा कैँची प्रहारबाट युवक घाइते, दुई जना पक्राउ

2 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, बैशाख ६ गते ।  सर्लाहीको गोडैता नगरपालिका–७ स्थित गोडैता बजारमा कैँची प्रहारबाट एक युवक घाइते भएका छन्। शनिबार साँझ करिब ६:१५ बजे पुरानो रिसइबीका कारण दुई पक्षबीच विवाद हुँदा झैँ–झगडा भएको र सोही क्रममा १८ वर्षीय आकाश दास माथि पछाडिबाट धारिलो हतियार कैँची प्रहार गरिएको प्रहरीले जनाएको छ।

प्रहारबाट दासको टाउको र पिठ्युँमा चोट लागेको छ। उनलाई प्रारम्भिक उपचारपछि मलंगवास्थित प्रादेशिक अस्पताल लगिएको र त्यहाँबाट थप उपचारका लागि वीरगञ्जस्थित अस्पतालमा रिफर गरिएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार उनको अवस्था मध्यम रहेको छ।

घटनामा संलग्न रहेको आरोपमा १८ वर्षीय इबरान दर्जी मियाँ र अपसैद बैठा लाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरी चौकी गोडैताबाट खटिएको टोलीले उनीहरूलाई घटनास्थलबाटै पक्राउ गरेको हो। दुवै जनालाई हाल जिल्ला प्रहरी कार्यालय मलंगवामा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको निमित्त सूचना अधिकारी विश्वेश्वर यादव ले जानकारी दिएका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?