मन्त्री तिमिल्सिनाले ‘आइफोन दिने’ हल्ला भ्रामक भएको बताए
2 घन्टा पहिले प्रकाशित
काठमाडौं, बैशाख ६ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिना ले सरकारले मन्त्रीहरूलाई छुट्टै फोन उपलब्ध गराउने तयारीबारे फैलिएको समाचार भ्रामक भएको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले ‘हरेक मन्त्रीलाई आइफोन दिन लागिएको’ भन्ने कुरा कसरी फैलियो भनेर प्रश्न गरेका हुन्।
उनले यस्ता विषय साझा गर्नुअघि स्रोत र विश्वसनीयता सुनिश्चित गर्न आग्रह गर्दै सरकार नागरिकको करको पैसाको दुरुपयोग गर्ने पक्षमा नरहेको स्पष्ट पारे। ‘सरकार हरेक पल नागरिकको उज्ज्वल भविष्यका लागि काम गरिरहेको छ, न कि अनावश्यक खर्च गर्न,’ उनले उल्लेख गरेका छन्। साथै जनताको प्रत्येक रुपैयाँको मूल्य सरकारले अनुभूति गरेको पनि उनले बताएका छन्।

कमेन्ट गर्नुहोस्
view comments