नेपाली कांग्रेसले सातै प्रदेशका नेताहरूसँग छलफल गर्दै
2 दिन पहिले प्रकाशित
काठमाडौं, बैशाख ४ गते । नेपाली कांग्रेसले सातै प्रदेशका सभापति, प्रदेश संसदीय दलका नेता तथा पार्टीको तर्फबाट मुख्यमन्त्री रहेकाहरूसँग छलफल गर्ने भएको छ । कांग्रेसले ६ वैशाखमा केन्द्रीय कार्यालय सानेपामा आयोजना हुने बैठकका लागि सातै प्रदेशका सभापति, मुख्यमन्त्री र प्रदेश संसदीय दलका नेताहरूलाई बोलाएको छ ।
पार्टीले उपसभापति विश्वप्रकाश शर्मालाई प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरूबीच समन्वय गर्ने जिम्मेवारी दिएको छ । बैठकमा कांग्रेस नेतृत्वमा रहेका स्थानीय सरकारहरूको कार्यसम्पादनलाई अझ प्रभावकारी बनाउने विषयमा छलफल हुनेछ । त्यसैगरी गण्डकी प्रदेशमा हालै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले केन्द्रसँग परामर्श नगरी गरेको मन्त्री हेरफेरको विषय पनि बैठकमा उठ्ने भएको छ । मुख्यमन्त्री पाण्डेले बैशाख २ गते कांग्रेस र एमालेबीच ४/४ मन्त्रालय भागबन्डा रहेको अवस्थामा मन्त्री परिवर्तन गरेका थिए ।
कांग्रेस प्रवक्ता देवराज चालिसेले बैठकको उद्देश्यबारे यस्तो जानकारी दिनुभएको हो ।
कमेन्ट गर्नुहोस्
view comments