प्रधानमन्त्री बालेनले पहिलो पटक सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै

2 दिन पहिले प्रकाशित

काठमाडौं, बैशाख ३ गते ।  प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले पदभार सम्हालेपछि पहिलो पटक सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्ने भएका छन् ।

आज दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने उक्त बैठकमा विकास निर्माणका कार्यलाई तीव्रता दिने, स्रोत–साधनको समुचित बाँडफाँड सुनिश्चित गर्ने, प्रदेशहरूले भोगिरहेका प्रशासनिक तथा आर्थिक समस्याहरू समाधान गर्ने र राष्ट्रिय प्राथमिकताका योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न केन्द्र र प्रदेशबीचको सहकार्यलाई थप सुदृढ बनाउने विषयमा केन्द्रित रहने बताइएको छ ।

बैठकमा देशको वर्तमान आर्थिक अवस्था, पूर्वाधार विकास, सेवा प्रवाहमा सुधार तथा सुशासन कायम गर्ने विषयमा पनि साझा समझदारी निर्माण गर्ने प्रयास हुने अपेक्षा गरिएको छ ।

यो बैठकलाई प्रधानमन्त्री बालेनले संघ र प्रदेशबीचको समन्वयलाई मजबुत बनाउने अवसरका रूपमा लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?