मधेस प्रदेश सरकारप्रति असन्तुष्टि बढ्दो, कामको गति कमजोर भएको आरोप

2 दिन पहिले प्रकाशित

जनकपुरधाम, बैशाख ३ गते ।  जनता समाजवादी पार्टी नेपाल र जनमत पार्टी ले कांग्रेस नेतृत्वमा रहेको मधेस प्रदेश सरकारप्रति असन्तुष्टि जनाएका छन्। उनीहरूले सरकारले अपेक्षित गति लिन नसकेको र बजेट कार्यान्वयनसमेत कमजोर रहेको आरोप लगाएका छन्। जनमत पार्टीका महासचिव चन्दन सिंहका अनुसार वैशाख सुरु भइसक्दा पनि सरकारले वार्षिक बजेटको १० प्रतिशतसमेत खर्च गर्न नसकेको बताएका छन्।

सत्ता साझेदार दलहरूले कामको गति नबढाए सरकारबारे पुनर्विचार गर्नुपर्ने चेतावनी दिएका छन्। सरोज यादव लगायत नेताहरूले मुख्यमन्त्रीको कार्यशैली र प्रशासनिक असहयोगलाई समस्या मानेका छन्। करिब ६ महिनादेखि सरकार सञ्चालनमा रहे पनि अपेक्षित उपलब्धि नदेखिएको भन्दै मधेस केन्द्रित दलहरूबाट दबाब बढ्दै गएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?