सरकारद्वारा ‘राष्ट्रिय प्रतिबद्धतापत्र’ सार्वजनिक, ७% आर्थिक वृद्धि र १५ लाख रोजगारी लक्ष्य

11 घन्टा पहिले प्रकाशित

काठमाडौं,बैशाख १ गते ।  बालेन्द्र शाह को नेतृत्वमा गठित सरकारले विभिन्न राजनीतिक दलका घोषणापत्र समेट्दै ‘राष्ट्रिय प्रतिबद्धतापत्र’ सार्वजनिक गरेको छ। जेन–जी आन्दोलन र पछिल्लो निर्वाचनपछिको राजनीतिक सहमतिमा आधारित यो दस्ताबेज शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूचीअनुसार तयार पारिएको हो, जसलाई आगामी नीति, कार्यक्रम र बजेटमार्फत कार्यान्वयन गरिने जनाइएको छ।

प्रतिबद्धतापत्रमा आर्थिक स्थायित्वलाई प्राथमिकता दिँदै आगामी पाँच वर्षभित्र ७ प्रतिशत आर्थिक वृद्धि, प्रतिव्यक्ति आय ३ हजार डलर र १५ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको छ। साथै कृषिमा आत्मनिर्भरता, पर्यटन प्रवर्द्धन, ऊर्जा उत्पादन वृद्धि, सुशासन सुधार, शिक्षा–स्वास्थ्यमा पहुँच विस्तार तथा सूचना प्रविधि क्षेत्रको विकासलाई मुख्य एजेन्डा बनाइएको छ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?