सर्लाहीमा आठ लाख नगदसहित दुई जना पक्राउ
14 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, चैत्र २९ गते । नियमित गस्तीमा रहेको प्रहरी टोलीले सर्लाहीको ब्रहम्पुरी गाउँपालिका–४ बाट स्रोत नखुलेको नगद **आठ लाख रुपैयाँ**सहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चन्द्रनगर गाउँपालिका–४ का २३ वर्षीय **कृष्णकुमार पासवान** र सोही गाउँपालिका–१ का ४१ वर्षीय **शिवनारायण महतो** रहेका छन् । भारतबाट मोटरसाइकल चढेर आएका उनीहरूको शरीर खानतलासी गर्दा उक्त आठ लाख रुपैयाँ बरामद भएको हो ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार दुवै जनालाई पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा राखिएको छ । उनीहरूले उक्त नगदको स्रोत र उद्देश्य खुलाउन सकेका छैनन् ।
प्रहरीले यो घटनालाई लिएर थप अनुसन्धान अघि बढाएको छ ।
कमेन्ट गर्नुहोस्
view comments