जेनजी आन्दोलनमा फरार कैदी पुनः पक्राउ, आफ्नै गाउँबाट नियन्त्रणमा

16 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, चैत्र २९ गते ।  जेनजी आन्दोलनका क्रममा राजविराज कारागारबाट फरार भएका एक कैदीलाई प्रहरीले पुनः पक्राउ गरेको छ। पक्राउ पर्नेमा तिलाठी कोइलाडी गाउँपालिका–८ निवासी २३ वर्षीय आनन्द खंग रहेका छन्, जो जबरजस्ती करणी मुद्दामा कारागारमा सजाय भोगिरहेका थिए।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा फरार भएका उनलाई गोप्य सूचनाको आधारमा आफ्नै गाउँमा लुकेर बसेको अवस्थामा शनिबार पक्राउ गरिएको हो। पक्राउ परेका खंगलाई पुनः कारागारमा पठाइएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?