प्रधानमन्त्री बालेन शाहलाई गाली गरेको आरोपमा युट्युबर रोशन पोखरेल पक्राउ

16 घन्टा पहिले प्रकाशित

काठमाडौं, चैत्र २९ गते ।  प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह लगायतका नेतालाई गाली तथा अपशब्द प्रयोग गरेका सामग्री युट्युबमा प्रसारण गरेको आरोपमा पाँचथरबाट एक जना युट्युबर पक्राउ परेका छन्।

पक्राउ पर्नेमा पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ का रोशन पोखरेल रहेका छन्। नेपाल प्रहरीको साइबर ब्युरोको अनुसन्धानका आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरले उनलाई पक्राउ गरेको हो।

रोशन पोखरेललाई पक्राउ गरी जिल्ला अदालत पाँचथरबाट १० दिनको म्याद थप गरिएको छ। उनमाथि साइबर अपराधसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो घटनाले सामाजिक सञ्जाल र युट्युबमा प्रधानमन्त्री तथा अन्य नेताहरूको आलोचना गर्दा हुने कानुनी कारबाहीको विषयलाई फेरि एक पटक चर्चामा ल्याएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?