औषधिको मूल्यवृद्धि विवादः महानिर्देशक ढकाल मन्त्रालय तानिए, छानबिन समिति गठन हुने
15 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, चैत्र २७ गते । औषधिको मूल्य बढाएको विवादमा औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकाललाई कारबाहीस्वरूप स्वास्थ्य मन्त्रालय तानिएको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताको निर्णयअनुसार उनलाई बिहीबार राति मन्त्रालय बोलाइएको हो। औषधिको मूल्यवृद्धिबारे परेको उजुरीपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले छानबिन गर्न निर्देशन दिएसँगै यो कदम चालिएको हो।
प्रधानमन्त्री कार्यालयको निर्देशनअनुसार स्वास्थ्य मन्त्रालयले तीन सदस्यीय विज्ञसहितको छानबिन समिति गठन गर्ने तयारी गरेको छ र सात दिनभित्र प्रतिवेदन पेस गर्न भनिएको छ। औषधिको मूल्य निर्धारण प्रक्रिया र सम्भावित अनियमितता सम्बन्धमा विस्तृत अध्ययन गर्न भनिएको छ। यसअघि प्रतिनिधिसभा बैठकमा पनि अनधिकृत मूल्यवृद्धि विषय उठ्दै केही सांसदहरूले औषधि व्यवस्थापनमा गम्भीर अनियमितता र ठूलो आर्थिक घोटालाको आशंका व्यक्त गरेका थिए।
कमेन्ट गर्नुहोस्
view comments