सुन–चाँदीको मूल्य उकालो, सुन तोलामा २ लाख ९६ हजार नाघ्यो
15 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, चैत्र २७ गते । स्थानीय बजारमा आज सुनको मूल्य उल्लेखनीय रूपमा बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ तोलामा २ हजार २०० रुपैयाँले वृद्धि भई आजका लागि २ लाख ९६ हजार ९०० रुपैयाँ कायम भएको छ, जुन अघिल्लो दिन २ लाख ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार चाँदी तोलामा ८५ रुपैयाँले वृद्धि भई ४ हजार ९६० रुपैयाँ पुगेको छ, जबकि अघिल्लो दिन ४ हजार ८७५ रुपैयाँमा किनबेच भएको थियो।
कमेन्ट गर्नुहोस्
view comments