पेट्रोलियम पदार्थमा भारी मूल्यवृद्धि, पेट्रोल २१९ रुपैयाँ पुग्यो
15 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, चैत्र २७ गते । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा उल्लेखनीय वृद्धि गरेको छ, जसअनुसार नयाँ मूल्यसूची आजैदेखि लागू भएको छ। निगम सञ्चालक समितिको निर्णयअनुसार पेट्रोलमा प्रतिलिटर १७ रुपैयाँ, डिजेल र मट्टितेलमा २५–२५ रुपैयाँ वृद्धि गरिएको छ भने एलपी ग्यास प्रतिसिलिन्डर १०० रुपैयाँ र आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ६ रुपैयाँ बढाइएको छ।
नयाँ मूल्यअनुसार काठमाडौँ उपत्यकामा पेट्रोल २१९ रुपैयाँ, डिजेल र मट्टितेल २०७ रुपैयाँ तथा एलपी ग्यास २०१० रुपैयाँ प्रतिसिलिन्डर पुगेको छ भने आन्तरिक हवाई इन्धन २५७ रुपैयाँ प्रतिलिटर कायम भएको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि र मध्यपूर्वको युद्धका कारण लागत बढ्दै गएपछि समायोजन गर्नुपरेको निगमले जनाएको छ, साथै कर छुट दिँदा पनि घाटा नघटेपछि मूल्य बढाउन बाध्य भएको उल्लेख गर्दै उपभोक्तालाई मितव्ययी प्रयोग गर्न आग्रह गरिएको छ।
कमेन्ट गर्नुहोस्
view comments