सार्वजनिक यातायात भाडा : यात्रु र ढुवानीमा असर पर्ने संकेत
10 घन्टा पहिले प्रकाशित
काठमाडौं, चैत २५ गते। सरकारले सार्वजनिक यातायात तथा ढुवानीका साधनको भाडा वृद्धि गर्ने निर्णय गरेको छ। यातायात व्यवस्था विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सैद्धान्तिक सहमतिपछि नयाँ भाडादर लागू गर्ने तयारी गरेको हो।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाका अनुसार सार्वजनिक यातायातको भाडा १६.७१ प्रतिशतले वृद्धि गरिएको छ। यस्तै, पहाडी क्षेत्रमा चल्ने मालवाहक सवारीको भाडा २१.६८ प्रतिशत र तराई क्षेत्रमा चल्ने मालवाहक सवारीको भाडा १५.७५ प्रतिशतले बढाइएको छ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि र सञ्चालन खर्च बढ्दै गएको भन्दै व्यवसायीहरूले लामो समयदेखि भाडा समायोजनको माग गर्दै आएका थिए। विभागले छिट्टै आफ्नो आधिकारिक वेबसाइटमार्फत नयाँ भाडादरको विस्तृत विवरण सार्वजनिक गर्ने जनाएको छ।
नयाँ भाडादर लागू भएपछि सर्वसाधारणको दैनिक यात्रा खर्च बढ्नुका साथै उपभोग्य वस्तुको मूल्यमा समेत प्रभाव पर्ने अनुमान गरिएको छ।
कमेन्ट गर्नुहोस्
view comments