सप्तरीमा मोटरसाइकल चोरी र सवारी ज्यान मुद्दामा दुई अभियुक्त पक्राउ
13 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, चैत २५ गते। सप्तरी प्रहरीले मोटरसाइकल चोरी र सवारी ज्यान मुद्दामा संलग्न दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा डाक्नेश्वरी नगरपालिका–९ निवासी ३१ वर्षीय मो. हकिम र डाक्नेश्वरी नगरपालिका–१ निवासी ३८ वर्षीय महेशकुमार चौधरी रहेका छन्। प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीका अनुसार हकिमलाई राजविराजस्थित उच्च अदालत जनकपुर इजलास अगाडि पार्किङ गरिएको मोटरसाइकल चोरी गर्ने क्रममा स्थानीयवासी र प्रहरी टोलीले नियन्त्रणमा लिएको हो। मोटरसाइकल बरामद भइसकेको छ भने अदालतले आठ दिनको म्याद थप गरेको छ।
यस्तै, सवारी ज्यान मुद्दामा पक्राउ परेका चौधरीले गत माघ १४ गते बोदेबर्साइनमा मोटरसाइकल ठक्कर दिँदा महेन्द्र मलिकको मृत्यु भएको थियो। घटनापछि फरार रहेका चौधरी सोमबार आफैं इलाका प्रहरी कार्यालय कडरबोनामा उपस्थित भएका थिए। सोधपुछका क्रममा उनले घटना स्वीकार गरेपछि प्रहरीले नियन्त्रणमा लिई चार दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको जनाएको छ। दुवै घटनामा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
कमेन्ट गर्नुहोस्
view comments