सप्तरीमा गाईको मासुसहित एक जना पक्राउ : १३ किलो ५ सय ग्राम पदार्थ बरामद

16 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, चैत्र २३ गते ।  सप्तरी प्रहरीले गाईको मासुसहित एक जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ। जिल्लाको राजविराज नगरपालिका वडा नम्बर ६ का ५० वर्षीय रहमत अलीलाई पक्राउ गरिएको हो।

आइतबार विराटनगरबाट राजविराज आउँदै गरेको विङगर गाडीलाई हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर २ स्थित दिउँसो १ः३० बजे चेकजाँच गर्ने क्रममा गाईको मासु जस्तो देखिने १३ किलो ५ सय ग्राम पदार्थसहित अलीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिए। प्रहरीका अनुसार उहाँले बसेको सिटमुनी लुकाएर राखिएको अवस्थामा उक्त पदार्थ फेला परेको थियो। घटनाबारे थप अनुसन्धानका लागि सप्तरी जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?