पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, पेट्रोल–डिजेलमा प्रतिलिटर १५ रुपैयाँ बढ्यो
14 घन्टा पहिले प्रकाशित
काठमाडौं, चैत्र १२ गते । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँले मूल्य वृद्धि गरिएको निगमले जनाएको छ। नयाँ मूल्यअनुसार पेट्रोल पहिलो वर्गमा प्रतिलिटर १८४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १८६ रुपैयाँ र तेस्रो वर्गमा १८७ रुपैयाँ कायम भएको छ। त्यस्तै डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गमा १६४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १६६ रुपैयाँ र तेस्रो वर्गमा १६७ रुपैयाँ पुगेको छ।
निगमका अनुसार मध्यपूर्वमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढ्दै गएको छ। इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्यसूचीअनुसार स्वचालित मूल्य प्रणालीमार्फत समायोजन गर्नुपरेको निगमले स्पष्ट पारेको छ।
कमेन्ट गर्नुहोस्
view comments