वीरगञ्ज भन्सारबाट ७ महिनामा १ खर्ब ५४ अर्बभन्दा बढी राजस्व सङ्कलन
5 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, चैत्र १२ गते । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो सात महिनामा रु एक खर्ब ५४ अर्ब ८४ करोड राजस्व सङ्कलन गरेको छ। कार्यालयले सो अवधिमा रु एक खर्ब ७५ अर्ब ३१ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकोमा करिब ८८ प्रतिशत प्रगति हासिल भएको जनाएको छ। सूचना अधिकृत उदयसिंह विष्टका अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्ष रु १३ अर्ब ३६ करोड बढी राजस्व सङ्कलन भएको हो।
महिनागत विवरणअनुसार साउनमा रु १८ अर्ब ४४ करोड, भदौमा रु २० अर्ब ७३ करोड, असोजमा रु १९ अर्ब ९ करोड र कात्तिकमा रु १७ अर्ब ३३ करोड राजस्व सङ्कलन भएको थियो। त्यसैगरी मङ्सिरमा रु २० अर्ब ८० करोड, पुसमा रु २० अर्ब २० करोड, माघमा रु १८ अर्ब ९२ करोड र फागुनमा रु १९ अर्ब ३४ करोड राजस्व उठेको कार्यालयले जनाएको छ।
कमेन्ट गर्नुहोस्
view comments