मधेसमा एसइई तयारी तीव्र, ८७ हजारभन्दा बढी विद्यार्थी सहभागी हुने
14 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, चैत्र ११ गते । आगामी चैत १९ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)का लागि मधेस प्रदेशमा तयारी तीव्र पारिएको छ। यस वर्ष प्रदेशभरबाट ८७ हजार ५९१ जना विद्यार्थी परीक्षामा सहभागी हुने भएका छन्। शिक्षा विकास निर्देशनालय मधेसका अनुसार परीक्षा व्यवस्थित, मर्यादित र निष्पक्ष बनाउन २९९ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ, जहाँ एक हजार ३१६ विद्यालयका विद्यार्थी सहभागी हुनेछन्।
परीक्षा सञ्चालनलाई प्रभावकारी बनाउन २९९ केन्द्राध्यक्ष, ४३३ सहायक केन्द्राध्यक्ष, चार हजार २३५ निरीक्षक, ७३४ परीक्षा सहायक र एक हजार ६०३ कार्यालय सहयोगी परिचालन गरिनेछ। सुरक्षाका लागि चार हजार ४८५ सुरक्षाकर्मी खटाइने व्यवस्था गरिएको छ। जिल्लागत रूपमा धनुषाबाट सबैभन्दा बढी १३ हजार २६२ विद्यार्थी सहभागी हुनेछन् भने सप्तरीबाट सबैभन्दा कम ९ हजार २७६ विद्यार्थी परीक्षा दिनेछन्। यस्तै सिरहा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साबाट पनि उल्लेख्य संख्यामा विद्यार्थी सहभागी हुनेछन्। अघिल्लो वर्षको तुलनामा यस वर्ष परीक्षार्थीको संख्या १ हजार २६७ ले घटेको निर्देशनालयले जनाएको छ।
कमेन्ट गर्नुहोस्
view comments