नेपाली बजारमा सुन र चाँदीको मूल्यमा भारी गिरावट : सुन प्रतितोला ७ हजार ८०० रुपैयाँ घट्यो
14 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, चैत्र ६ गते । नेपाली बजारमा सुन र चाँदीको मूल्यमा एकैदिन ठूलो गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ७ हजार ८०० रुपैयाँले घटेर दुई लाख ९४ हजार ५०० रुपैयाँ कायम भएको छ। हिजो बिहीबार सुन प्रतितोला तीन लाख दुई हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्यमा पनि कमी आएको छ। आज चाँदी प्रतितोला १५ रुपैयाँ घटेर चार हजार ८९५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी प्रतितोला पाँच हजार १० रुपैयाँ कायम थियो। महासंघले अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावका कारण नेपाली बजारमा पनि सुनचाँदीको मूल्यमा यस्तो ठूलो फेरबदल आएको जनाएको छ।
कमेन्ट गर्नुहोस्
view comments