धनुषामा अन्तरजातीय विवाह गरेकी महिलाको मृत्यु : पतिविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा

2 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, चैत्र ४ गते । धनुषाको गणेशमान चारनाथ नगरपालिका–४ बस्ने मुकेश धनखोटी यादवकी श्रीमती २५ वर्षीया विभा कुमारी महतो मंगलबार दिउँसो घरमा झुन्डिएको अवस्थामा मृत फेला परेकी छन्। माइत पक्षले उनको हत्या भएको दाबी गर्दै शारीरिक तथा मानसिक यातना दिइएको आरोप लगाएको छ। विभाका दाजु मनिष कुमार महतोले पतिविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी दिएका छन्। मुकेश र विभा ५ वर्षअघि भागी अन्तरजातीय विवाह गरेका थिए। सन्तान नहुँदा विभालाई निरन्तर यातना दिइएको माइत पक्षको भनाइ छ।

धनुषाका प्रहरी प्रवक्ता डीएसपी गणेश बमका अनुसार घटनापछि पति मुकेश धनखोटीलाई आत्महत्या दुरुत्साहन कसुरमा पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ। प्रहरीले घटनास्थलमा शव जाँच गर्दा नीलडाम देखिएको र मृतकले पहिलेदेखि नै यातना सहिरहेको जानकारी प्राप्त भएको जनाएको छ। थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?